प्रदेश न . १ अन्तर्गत संखुवा-सभा जिल्लाको सदरमुकाम खाँदबारी नगरपालिका देखि करिब ३० कोष टाढा उत्तरी भेग (चीनको सीमाना) मा रहेको भोटखोला गाउँपालिका हो | यस गाउँपालिका साबिकको किमाथाङ्का, चेपुवा, हटिया, पावाखोला (१- ३ वाडाहरु ) हरु गाभिएर वि. स. २०७३ मा भोटखोला गाउँपालिकाको नामकरण घोषणा गरियो | यस गाउँपालिकामा विशेषरुपमा भोटे, शेर्पा, तामाङ र राई जातिहरुको बाहुल्यता रहेको छ |
जम्मा वडा संख्या: ५
जम्मा जनसंख्या: ६५७६
समावेश गाविस: किमाथांका, चेपुवा, हटिया र पावाखोला(१,२,३) गा.वि.स.
जम्मा क्षेत्रफल: ६३९.०१ ( वर्ग कि.मी.)